सर्लाहीमा १६ वर्ष पुरानो कर्तव्य ज्यान र डाँका कसुरका आरोपित पक्राउ
लालबन्दी । करिब १६ वर्षअघि सर्लाहीमा भएको कर्तव्य ज्यान र डाँका कसुरको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ६, मदनपुर टोलस्थित घटनामा संलग्न भनिएका २५ वर्षीय महेन्द्र रायलाई शुक्रबार दिउँसो २ बजे पक्राउ गरिएको हो । पक्राउपछि उनलाई ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…


