गोरखामा पहिरो : पेट्रोल पम्प र घरमा क्षति
गोरखामा बिहीबार बिहान खसेको पहिरोले गोरखा नगरपालिका–११ स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका–१ को एक घरमा क्षति पुर्याएको छ। घटनामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
गोरखामा बिहीबार बिहान खसेको पहिरोले गोरखा नगरपालिका–११ स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका–१ को एक घरमा क्षति पुर्याएको छ। घटनामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय अझै तुइनमार्फत महाकाली नदी वारपार गर्न बाध्य छन्। हालसम्म तुइन दुर्घटनामा ३६ जनाले ज्यान गुमाइसकेका छन्। स्थानीयले सुरक्षित झोलुङ्गे पुल निर्माणको माग गर्दै आए पनि समस्या अझै समाधान हुन सकेको छैन।
राधास्वामी होल्डिङ सेन्टर डुबान भएपछि कीर्तिपुरको सुन्दरीघाटमा आश्रित सुकुमवासी विस्थापित भएका छन्। बाढीबाट ५४ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
लालबन्दीका शिक्षक नवराज न्यौपानेको उपचारका क्रममा निधन भएपछि नगरपालिकाले शोक व्यक्त गरेको छ। साथै सबै विद्यालयमा एक दिन शोक बिदा घोषणा गरिएको छ।
रौतहट प्रहरीले कागजपत्रविहीन १५ मोटरसाइकल र भन्सार छलीको सामान बरामद गरेको छ। बरामद सामग्रीको कुल मूल्य करिब ११ लाख ७७ हजार रुपैयाँ रहेको छ।
बरहथवा स्कारपियो दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
ललितपुर क्षेत्र नम्बर २ मा आज राति साढे १ बजेदेखि मतगणना सुरु हुने भएको छ। निर्वाचन आयोगले तयारी पूरा भएको जनाएको छ।
सर्लाहीको मलङ्गवामा बेवारिसे अवस्थामा फेला परेको पेस्तोल खेलाउने क्रममा पड्किँदा १५ वर्षीय किशोर आकाश राम घाइते भएका छन्। उनको दाहिने हातमा गोली लागेको प्रहरीले जनाएको छ।
मधेसमा शृंखलावद्ध हत्या र शंकास्पद मृत्युका घटना बढ्दै जाँदा स्थानीयमा त्रास फैलिएको छ। धनुषामा एक सातामै तीन शव फेला परेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिएको बताएका छन्। जनयुद्ध सुरु भएको स्थानबाट नयाँ ऊर्जा र उत्प्रेरणासहित अघि बढ्ने उनले स्पष्ट पारेका छन्।