कांग्रेस २.०: जनकपुरबाट देश बदल्ने गगन थापाको घोषणा
कांग्रेस २.० को नारासहित जनकपुरबाट गगन थापाले देश बदल्ने प्रतिज्ञा गरेका छन्। मधेशको भूमिबाट पहिलो चुनावी सभा गर्दै कांग्रेसले नयाँ भिजन र नेतृत्वको दाबी सार्वजनिक गरेको छ।
कांग्रेस २.० को नारासहित जनकपुरबाट गगन थापाले देश बदल्ने प्रतिज्ञा गरेका छन्। मधेशको भूमिबाट पहिलो चुनावी सभा गर्दै कांग्रेसले नयाँ भिजन र नेतृत्वको दाबी सार्वजनिक गरेको छ।
गगन थापा धनुषा प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिंहदरबार जलाउने गतिविधि अब नहुने दाबी गर्दै सुशासन, मधेश र शिक्षा–स्वास्थ्य सुधारको स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
मधेसमा शृंखलावद्ध हत्या र शंकास्पद मृत्युका घटना बढ्दै जाँदा स्थानीयमा त्रास फैलिएको छ। धनुषामा एक सातामै तीन शव फेला परेका छन्।
प्राकृतिक स्रोत तथा वित्त आयोगको स्थानीय सरकार कार्यसम्पादन मूल्याङ्कनमा चन्द्रनगर गाउँपालिकाले सबैभन्दा कम अंक ल्याएको छ। १७ सूचकमा आधारित मूल्याङ्कनमा चन्द्रनगरले ३५.१६ अंक मात्र पाएको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिएको बताएका छन्। जनयुद्ध सुरु भएको स्थानबाट नयाँ ऊर्जा र उत्प्रेरणासहित अघि बढ्ने उनले स्पष्ट पारेका छन्।
प्रलोपा शोक वक्तव्य जारी गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका बुवा भोजप्रसाद भट्टराईको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। ९७ वर्षको उमेरमा काठमाडौंमा निधन भएका भोजप्रसादको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ।
आमाको नामबाट नागरिकता सर्लाहीमा पहिलो पटक जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले लालबन्दी–७ का राम मनोहर गुप्तालाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गर्दै ऐतिहासिक निर्णय गरेको हो।
एमाले प्रलोपा सहमतिअन्तर्गत प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच नयाँ तीनबुँदे समझदारी भएको छ, जसले विभिन्न जिल्लामा साझा समर्थनको आधार तय गरेको छ।
अर्थमन्त्री रामेश्वर खनालले विश्वासमा आधारित प्रणाली बनेपछि राजश्व अनुसन्धान विभागजस्ता निकाय आवश्यक नपर्ने बताएका छन्। उनले साढे तीन महिना रहेको कार्यकालमा आर्थिक सुधारका संरचनात्मक काममा आफू केन्द्रित रहने बताए।
नेकपा एकीकृत समाजवादीभित्र माओवादीसँग हुने भनिएको एकता प्रक्रियाविरुद्ध नेताहरूले तीव्र असहमति जनाएका छन्। झलनाथ खनाल र घनश्याम भूसाललगायत नेताहरूले पार्टीलाई ‘विसर्जन’ हुन नदिन एकता तत्काल रोक्न आग्रह गर्दै अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन्।