मधेसमा शृंखलावद्ध हत्या र शव फेला पर्ने घटनाले त्रास फैलियो

मधेसमा शृंखलावद्ध हत्या र शव फेला पर्ने घटनाले त्रास फैलियो

जनकपुर । मधेसमा शृंखलावद्ध हत्या र आत्महत्याजस्ता घटना बढ्दै जाँदा मधेस प्रदेशमा भयको वातावरण सिर्जना भएको छ। धनुषामा मात्र एक साताभित्र तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ। लगातार सार्वजनिक स्थानमा शव भेटिनुले सर्वसाधारणमा असुरक्षाको भावना बढेको छ।

मधेसमा शृंखलावद्ध हत्या अन्तर्गत पछिल्लो घटना जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीस्थित धनुषा–महोत्तरी सीमाना नजिक भएको हो। रोईयाहा पोखरी छेउको खोला किनारमा जामुनको रुखमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ। मृतकको पहिचान खुल्न नसकेको र घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मधेसमा शृंखलावद्ध हत्या को क्रममा यसअघि माघ २८ गते जनकपुरधाम–१७ तेतरियास्थित सडक किनारमा एक युवतीको शव फेला परेको थियो। घटनास्थलको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएको र हत्या हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ। माघ २३ गते देउरी परवाहाबाट पौडेश्वर जाने सडकखण्डमा पनि एक अपरिचित महिलाको शव फेला परेको थियो।

मधेसमा शृंखलावद्ध हत्या ले अन्य जिल्लामा पनि असर देखिएको छ। सिरहामा प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको थियो भने महोत्तरीमा ७३ वर्षीया रासोदेवी यादवको शव उखुबारीमा फेला परेको थियो। बाराको परवानीपुरमा अन्धाधुन्ध हतियार प्रहार हुँदा आमा र छोराको घटनास्थलमै मृत्यु भएको थियो।

मधेसमा शृंखलावद्ध हत्या सम्बन्धी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको छ महिनामा ५६ वटा हत्या भएका छन्। तीमध्ये २६ पुरुष, १८ महिला र १२ बालबालिका रहेका छन्। जिल्लागत रूपमा सबैभन्दा बढी सप्तरीमा १३ जनाको हत्या भएको छ भने धनुषा र सिरहामा ९–९ जनाको हत्या भएको छ। अधिकांश घटना पारिवारिक विवाद, आपसी रिसइबी, सामाजिक सञ्जाल र लागुऔषध प्रयोगका कारण हुने गरेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *