व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरे उजुरी गर्न आग्रह
गृह मन्त्रालयले कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको वा घरायसी काममा प्रयोग गरिएको पाइएमा उजुरी गर्न आग्रह गरेको छ। उजुरीका लागि ९८५१३६०६०३ नम्बर उपलब्ध गराइएको छ।
गृह मन्त्रालयले कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको वा घरायसी काममा प्रयोग गरिएको पाइएमा उजुरी गर्न आग्रह गरेको छ। उजुरीका लागि ९८५१३६०६०३ नम्बर उपलब्ध गराइएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थलीमा लेदोसहितको पहिरो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। प्रशासनले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ।
लगातारको वर्षाले सर्लाहीमा काटेर सुकाउन राखेको धान भिजाएको छ। ४१ हजार हेक्टरमा धानखेती गरिएको जिल्लामा मौसम प्रतिकूल भएपछि कृषि ज्ञान केन्द्रले तत्काल धान नकाट्न आग्रह गरेको छ।
दशैंका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न मुगु र डोल्पाबाट आएका किसानले हिमपात, बाढीपहिरो र सडक अवरोधका कारण सास्ती खेपेका छन्। ढिलो बजार पुग्दा बिक्री र आम्दानी प्रभावित हुने चिन्ता बढेको छ।