धान भित्र्याउने समयमा वर्षा, पाकेको बालीमा क्षतिको जोखिम
धान पाकेर भित्र्याउने समयमा निरन्तर वर्षा भएपछि सर्लाहीसहित विभिन्न ग्रामीण क्षेत्रका किसान चिन्तित बनेका छन्। वर्षाले पाकेको धान ढल्नुका साथै काटेको बाली भिज्ने र दाना झर्ने जोखिम बढेको छ।
धान पाकेर भित्र्याउने समयमा निरन्तर वर्षा भएपछि सर्लाहीसहित विभिन्न ग्रामीण क्षेत्रका किसान चिन्तित बनेका छन्। वर्षाले पाकेको धान ढल्नुका साथै काटेको बाली भिज्ने र दाना झर्ने जोखिम बढेको छ।
लगातारको वर्षाले सर्लाहीमा काटेर सुकाउन राखेको धान भिजाएको छ। ४१ हजार हेक्टरमा धानखेती गरिएको जिल्लामा मौसम प्रतिकूल भएपछि कृषि ज्ञान केन्द्रले तत्काल धान नकाट्न आग्रह गरेको छ।
बागमती नदीमा जलसतह बढे पनि अवस्था सामान्य रहेको छ। दिउँसो १२ बजेको मापनअनुसार जलसतह ३.९० मिटर पुगेको छ भने बागमती सिँचाइ आयोजनाका ३६ वटै ढोका खोलिएका छन्।
प्राकृतिक स्रोत तथा वित्त आयोगको स्थानीय सरकार कार्यसम्पादन मूल्याङ्कनमा चन्द्रनगर गाउँपालिकाले सबैभन्दा कम अंक ल्याएको छ। १७ सूचकमा आधारित मूल्याङ्कनमा चन्द्रनगरले ३५.१६ अंक मात्र पाएको छ।
सर्लाहीमा करिब १६ वर्षअघि भएको कर्तव्य ज्यान र डाँका घटनाका आरोपित पक्राउ परेका छन्। प्रहरीले महेन्द्र रायलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको उल्लङ्घन गर्दै मालसामान मर्मत सम्भारमा लाखौं रुपैयाँ अनियमित खर्च गरेको महालेखापरीक्षकको ६२औं प्रतिवेदनले खुलासा गरेको छ। यो घटनाले स्थानीय तहमा वित्तीय लापरवाही र भ्रष्टाचारको गम्भीर प्रश्न उठाएको छ।
सर्लाहीको बरहथवा नगरपालिकाले वडा सदस्य राधेश्याम महतोको निधनमा आज बिहिबार शोक बिदा दिएको छ। सबै नगरपालिका र वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालय बन्द रहेका छन्।
सर्लाहीको बलरा नगरपालिका–१० मा भएको दुई पक्षबीचको झडपमा १३ जना घाइते भएका छन् भने घटनाको अनुसन्धान र सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ।
सर्लाहीमा जंगली हात्तीको आतंक बढ्दै गएको छ। हात्तीको आक्रमणले घर भत्काउनुका साथै बालीनालीमा ठूलो क्षति पुगेको छ। लालबन्दी, ईश्वरपुर, हरिवन, र बागमती नगरपालिकाका बासिन्दा त्रसित छन्। वन कार्यालयले सतर्कता अपनाउन आग्रह गर्दै क्षतिपूर्ति प्रदान गर्ने आश्वासन दिएको छ।