बागमती नदीमा बढ्यो जलसतह, सिँचाइ आयोजनाका ३६ ढोका खुला
बागमती नदीमा जलसतह बढे पनि अवस्था सामान्य रहेको छ। दिउँसो १२ बजेको मापनअनुसार जलसतह ३.९० मिटर पुगेको छ भने बागमती सिँचाइ आयोजनाका ३६ वटै ढोका खोलिएका छन्।
बागमती नदीमा जलसतह बढे पनि अवस्था सामान्य रहेको छ। दिउँसो १२ बजेको मापनअनुसार जलसतह ३.९० मिटर पुगेको छ भने बागमती सिँचाइ आयोजनाका ३६ वटै ढोका खोलिएका छन्।
मौसम पूर्वानुमान विभागले देशका विभिन्न जिल्लामा रहेका नदीहरूमा पानीको बहाव बढेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। विष्णुमती, मेलम्ची, बागमती लगायतका नदीहरूमा आकस्मिक बहावको सम्भावना रहेको छ।