…अनि संसद विघटनको निर्णयमा पुगिन् विद्यादेवी भण्डारी

अनि संसद विघटनको निर्णयमा पुगिन् विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भण्डारीले आफू राष्ट्रपतिका रूपमा रहेको समयमा भएका संसद विघटनका निर्णयहरू कुनै दबाबमा नभई संविधान र कानूनी प्रक्रियाअनुसार नै भएको स्पष्ट पारेकी छन् ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो कार्यकालमा दुई पटक संसद विघटन भएको स्मरण गर्दै ती निर्णय मन्त्रिपरिषद्को सिफारिसमा, संविधानको प्रावधानअनुसार भएको बताइन् । कार्यक्रम मदन भण्डारी फाउन्डेशनको आयोजनामा भएको हो ।

उनले भनिन्, ‘संसद विघटनको इतिहास नेपालमा पुरानै हो । २०१७ सालदेखि २०५९ सालसम्म पटकपटक संसद विघटन भएको छ । मेरो कार्यकालमा पनि संविधानले दिएको भूमिकाअनुसार निर्णय गरें, कुनै दबाब थिएन ।’
पूर्वराष्ट्रपति भण्डारीले संविधानले राष्ट्रपतिलाई मन्त्रिपरिषद्को सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै, आफ्नो भूमिकामा कुनै असंवैधानिक कार्य नगरेको जिकिर गरिन् । साथै, उनले संसद विघटनको राजनीतिक पक्षबारे छलफल गर्न आफू सधैं तयार रहेको धारणा पनि राखिन् ।

पूर्वराष्ट्रपति भण्डारीको यस अभिव्यक्तिलाई राजनीतिक वृत्तले पुनः संसद विघटनको बहसमा नयाँ धार दिने संकेतका रूपमा हेरिएको छ ।


0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *