नेपाल-बंगलादेश ४० मेगावाट विद्युत् व्यापार सम्झौता असफल

नेपाल-बंगलादेश ४० मेगावाट विद्युत् व्यापार सम्झौता असफल

काठमाडौं । नेपाल-बंगलादेश ४० मेगावाट विद्युत् बराबरको विद्युत् व्यापार सम्झौता हुन सकेन। बंगलादेशले पछिल्लो घटनाक्रम देखाउँदै नेपालसँगको सम्झौताबाट पछि हटेपछि दुई देश बीचको विद्युत् व्यापार सम्झौता अन्यौलमा परेको हो।

नेपालले बंगलादेशसँग गर्न लागेको विद्युत् व्यापार सम्झौता तत्काल रोकिएपछि दुई मुलुक बीचको व्यापार अनिश्चित बनेको छ। यद्यपि बंगलादेशसँग सम्झौता गर्न भारतीय पक्षको महत्वपूर्ण हात हुने विज्ञहरुको भनाइ छ।

नेपाल-बंगलादेश ४० मेगावाट विद्युत् व्यापार सम्झौता असफल
नेपाल-बंगलादेश ४० मेगावाट विद्युत् व्यापार सम्झौता असफल

हालै नेपालमा पनि सरकारको नेतृत्व परिवर्तन भएको छ। भारतीय पक्षलाई विश्वासमा लिएर मात्र नेपालले बंगलादेशलाई विद्युत् व्यापार गर्न सक्छ। दुई देशका ऊर्जा सचिवस्तरीय बैठक बंगलादेशको पछिल्लो अवस्थाका कारण स्थगित गरिएको छ।

दुवै मुलुकले महत्व दिएर शुरु गर्न लागेको विद्युत् व्यापार सम्झौतामा भारतीय ग्रिड तथा प्रसारण लाइन प्रयोग गर्ने तयारी भइरहेकोले यो सम्झौता सार्क क्षेत्रमा महत्वपूर्ण मानिएको छ। बंगलादेश पावर डेपलपमेन्ट बोर्ड (BPDB) लाई बोलपत्र स्वीकृत भएको जानकारी गराउँदै नेपाल विद्युत प्राधिकरणले पत्राचार गरेको थियो।

बंगलादेशले वर्षायाममा प्रति युनिट ६.४० सेन्ट दिने गरी नेपालबाट विद्युत् खरीद गर्न तयार भएको थियो। तर पछिल्लो पटक आन्तरिक राजनीति देखाउँदै बंगलादेश पछि हटेको छ। दक्षिण एशियाली क्षेत्रीय त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा चासो बढेको छ।

नेपाल-बंगलादेश ४० मेगावाट विद्युत् व्यापार सम्झौता असफल
नेपाल-बंगलादेश ४० मेगावाट विद्युत् व्यापार सम्झौता असफल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई महत्व दिएका छन्। नेपाल र भारतबीच आगामी दश वर्षमा दश हजार मेगावाट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता निवर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको कार्यकालमा भएको थियो। तर प्रगति खासै देखिएको छैन।

नेपाल, भारत, र बंगलादेशबीच त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा सहमति भइसकेको हुँदा, यसलाई छिटोभन्दा छिटो बंगलादेशसँग अघि बढाउनु पर्नेमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (IPPAN) का अध्यक्ष गणेश कार्कीले जोड दिएका छन्।

यदि समयमा नेपाल-बंगलादेश ४० मेगावाट विद्युत् व्यापार सम्झौता सफल सम्झौता हुन सकेन भने भविष्यमा थप अन्यौलता थपिन सक्ने देखिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *