ड्रेस टु इम्प्रेस फेसन प्रतियोगिता सम्पन्न

ड्रेस टु इम्प्रेस फेसन प्रतियोगिता काठमाडौंमा सम्पन्न

काठमाडौं। फेसन डिजाइनरका विद्यार्थीहरुले आफूद्धारा रचित कलात्मक पहिरणलाई आफैले प्रदर्शन गर्ने विशेषता बोकेको प्रतिस्पर्धा ड्रेस टु इम्प्रेस फेसन प्रतियोगिता दसौं संस्करण शनिवार काठमाडौंमा भव्यरुपमा सम्पन्न भएको छ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा छ महिनाको कोर्ष पूरा गरेका १ सय २६ जना फेसन डिजाइनिङका विद्यार्थीहरुबीच भएको यस प्रतियोगितामा चार जना डिजाइनरहरु सर्वोत्कृष्ट भएका छन्।

ड्रेस टु इम्प्रेस फेसन प्रतियोगिताका प्रतिस्पर्धामा सहभागी डिजाइनरहरुलाई पारामेट्रिक प्यालेस, मेगलफोबिक, क्यारिङ अवे इन डेजाभू तथा माइथोलोकिल गार्डेन गरी चार समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहबाट एक जना सर्वोकृष्ट डिजाइनर छनोट गरिएको थियो। पारामेट्रिक प्यालेस विधातर्फ जिज्ञासा श्रेष्ठ, मेगलफोबिक विधामा खुशबु सेवा, क्यारिङ अवे इन डेजाभू विधामा सिलु बज्राचार्य, र माइथोलोकिल गार्डेन विधामा ईन्द्राबती क्षेत्री विजयी बने।

ड्रेस टु इम्प्रेस फेसन प्रतियोगिता सम्पन्न
ड्रेस टु इम्प्रेस फेसन प्रतियोगिता सम्पन्न

ड्रेस टु इम्प्रेस फेसन प्रतियोगितामा विजयी भएका प्रतिस्पर्धीहरुलाई नगद पुरस्कार, प्रमाणपत्र, र स्यास हस्तान्तरण गरिएको थियो। साथै, आईआईएफटीबाट दिक्षान्त भएका ७६ जना विद्यार्थीहरुलाई ग्राजुएसन सर्टिफिकेट प्रदान गरिएको थियो। कार्यक्रमका सभापति वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानसहित अन्य निर्णायकहरुको उपस्थिति रहेको थियो।

आईआईएफटीका निर्देशक शिवलाल श्रेष्ठले भनेका छन् कि ड्रेस टु इम्प्रेस फेसन प्रतियोगिता जस्ता प्रतियोगिताहरुले फेसन पारखीलाई नविनतम् फेसनका बारेमा जानकारी दिनुका साथै सर्वसाधारणमाझ फेसनको क्रेजसमेत बढाउने विश्वास छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *