चौरजहारी नगरपालिकामा एकीकृत सेवा प्रवाह र टोकन प्रणाली

चौरजहारी नगरपालिकामा एकीकृत सेवा प्रवाह र टोकन प्रणाली

सुर्खेत । यो रुकुम पश्चिमको चौरजहारी नगरपालिका हो। यस नगरपालिकामा कार्यालय खुल्ने दिन कर्मचारीहरु विहान १० बज्नु भन्दा पाँच दश मिनेट अघि नै कार्यालय परिसरमा आइपुग्छन् र ठिक १० बजे राष्ट्रिय गान बज्छ। राष्ट्रिय गानमा सहभागी भएर कर्मचारीहरु आ–आफ्नो कार्यकक्षमा जान्छन् भने बाहिरबाट हेर्दा भौतिक संरचना जति चिटिक्क परेको छ र नागरिकले सेवाप्राप्त गर्ने प्रक्रिया पनि त्यति नै सहज र व्यवस्थित छ। सेवाग्राहीहरु कार्यालयको मूल ढोकाबाट भित्र पस्नेवित्तिकै सहायता कक्षका कर्मचारीले कार्यालयमा लिएर आएको कामबारे सोधुपुक्ष गरेर नजिकै रहेको मेशिनबाट टोकन लिन लगाउछन्। चौरजहारी नगरपालिकामा एकीकृत सेवा प्रवाह र टोकन प्रणाली हुनाले तथा कार्यालय खुल्ने समयमै कर्मचारीहरु उपस्थित हुनाले नागरिकलाई छरितो र सहज सेवाप्रवाह पाउन सजिलो भएको छ । 

टोकन लिएर लाइनमा बसेका सेवाग्राही आफ्नो पालो आएपछि बाँयातर्फको एकीकृत सेवाप्रवाह सञ्चालन केन्द्रमा प्रवेश गर्दछन। सेवा केन्द्रभित्र दर्ता चलानी फाँटमा आफ्नो फाइल बुझाएपछि त्यहाँ रहेका कर्मचारीले सेवाग्राहीलाई काम सम्पन्न हुन लाग्ने समय बताइदिएर प्रतिक्षा कक्षमा बस्न भन्छन्।

सेवाग्राही प्रतिक्षा कक्षमा बसीराख्दा कर्मचारीले नै फाइल सम्बन्धित फाँटहरुमा लिएर काम सम्पन्न गरी ल्याइदिन्छन्। सेवाग्राही भने प्रतिक्षाको सोफामा बसेरै आफ्नो काम सकेर फर्किन्छन्। बसीबसी सेवा लिन पाएपछि सेवाग्राही खुशि भएर फर्किने गरेका छन्।

 

चौरजहारी नगरपालिकामा एकीकृत सेवा प्रवाह र टोकन प्रणाली
0Shares