भ्रष्टाचार मुद्दा खेपिरहेकालाई ‘हाकिम’ बनाएर ल्याउन एमालेका जनप्रतिनिधिको कसरत –
सिमरा : विशेष अदालतमा विचराधीन अवस्थामा भ्रष्टाचार मुद्दा खेपिरहेका एक जनालाई ल्याउन बारा जितपुर उपहानगरपालिकाका एमालेका जनप्रतिनिधि लागिपरेका खुलेको छ। जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गराएर एमालेका जनप्रतिनिधि उक्त कार्यमा लागिपरेका हुन्। तर काफ्लेको सरुवा कानुनविपरीत भएको भन्दै तत्काल सरुवा रोक्न उपमहानगरले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार भने गरेको छ।सरकार फेरिएलगत्तै उपमहानगरपालिकाका…


