नेपालमा हवाई सुरक्षाको अवस्था:मानवीय कमजोरीले बढेको जोखिम

नेपालमा हवाई सुरक्षाको अवस्था

काठमाडौँ । नेपालमा हवाई सुरक्षाको अवस्था कहालीलाग्दो रहेको बुधबारको सौर्य एयरलाइन्सको दुर्घटनाले थप पुष्टि गरेको छ। बुधबार बिहान ११ बजे प्राविधिक मर्मत-सम्भारका लागि काठमाडौंबाट पोखरा उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ, जसमा एक बालकसमेत रहेका छन्। चालकदलका सदस्य र सौर्य एयरलाइन्सका सुरक्षा प्रमुख, प्राविधिक प्रमुख लगायतका कर्मचारी उक्त विमानमा सवार थिए।

नेपालको हवाई सुरक्षा प्राविधिक तथा नीतिगत दुवै हिसाबले फितलो रहेको यस दुर्घटनाले देखाएको छ। सामान्य मौसममा पनि विमानस्थलमै विमान खस्नुले हवाई सुरक्षा व्यवस्थापनमा गम्भीर कमजोरी औंल्याएको छ। यसप्रकारका दुर्घटनामा सरकार र नियामक निकाय गम्भीर देखिँदैनन्।

नेपालमा पछिल्ला ५–६ वर्षयता भएका अधिकांश विमान दुर्घटनाहरू प्राविधिक तथा मानवीय त्रुटिका कारण भएको देखिन्छ। युएस बंगलाको २०७४ फागुनको दुर्घटना र यति एयरलाइन्सको २०७९ माघको दुर्घटनाले समेत हवाई सुरक्षा नीति र सावधानीमा सुधारको आवश्यकता औंल्याएको छ। यस्ता घटनाहरूबाट पाठ नसिक्नाले बारम्बार विमान दुर्घटना भइरहेको छ।

त्रिभुवन विमानस्थल नजिक सौर्य एयरको विमान दुर्घटना

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा कांग्रेसका सांसद उदय शमशेर जबराले नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा अलग्याउने गरी नीतिगत व्यवस्था गर्नुपर्ने माग राखेका छन्। प्राधिकरणका महानिर्देशकको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै उनले कडा आलोचना गरेका छन्।

नेपालमा हवाई दुर्घटनालाई न्यूनीकरण गर्न ,नेपालमा हवाई सुरक्षाको अवस्थामा फेरबदल गरी नियमनमा कडाइ गर्नुपर्ने आवश्यकता छ। त्रिभुवन विमानस्थलको साँघुरो अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक विमानस्थलको खोजी र संचालनको जरुरत छ। नियमित दुर्घटनापछि बन्ने अध्ययन कार्यदलका सुझाव कार्यान्वयन गर्न र दुर्घटनाका कारणबाट पाठ सिक्न सरकार र सम्बन्धित निकायले गम्भीरता अपनाउनु आवश्यक छ।

प्रधानमन्त्रीओली सौर्य एयरलाइन्सको
प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलमा
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *