प्रचण्डले कांग्रेस-एमाले सरकारलाई षड्यन्त्रमूलक,बिचौलिया भने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेको सरकार षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा बनेको आरोप लगाएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेको सरकार षड्यन्त्रमूलक, अपारदर्शी तरिकाले र बिचौलियाको पहलमा बनेको आरोप लगाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ, जसमा उपसभामुख इन्दिरा रानाको विवाद र संगठनात्मक रणनीति माथि छलफल हुनेछ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका छन्। एमाले संसदीय दलका नेता लिला गिरि अनुपस्थित रहे।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा आजदेखि अनिश्चितकालसम्म राति सवारी साधन चलाउन रोक लगाइएको छ। स्थानीय प्रशासनले सडक भासिएको भन्दै यो निर्णय लिएको हो।
इथियोपियाको गोफा क्षेत्रमा भारी वर्षापछि गएको पहिरोमा २२९ जनाको मृत्यु भएको छ। उद्धार टोलीले मृतकको खोजी जारी राखेको छ।
हेटौंडा, वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन् । नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका…
काठमाण्डू, काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ । काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले शनिबारसम्म खोप दिनेछ । निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले…
काठमाण्डू, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी )ले केन्द्रीय कमिटी बैठक बिहीबार ( १० साउन ) मा बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए । केन्द्रीय सदस्यका…
नेपाली कांग्रेसले दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागिता जनाउने निर्णय गरेको छ। लुम्बिनीमा कांग्रेसले पाँच जना नयाँ मन्त्री पठाउने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हत्या भएका सर्लाहीका पूर्वराज्यमन्त्री रामचन्द्र रायको शवमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका छन्। रायको हत्या चन्द्रनगरस्थित फार्म हाउसमा भएको थियो।