साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

दोहोरो अंकले घट्यो सेयर बजार

सेयर बजारमा दोहोरो अंकको गिरावट आएको साताको चौथो दिनमा सेयर बजार परिसूचक २७ दशमलव ३२ अंकले घटेर २५३६ दशमलव ११ को विन्दूमा पुगेको छ।

आज ३११ कम्पनीका १ लाख ८८ हजार ८ सय ८५ पटकको कारोबारमा ४० करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ रहेको छ।

१३ उपसमूहमध्ये होटल, पर्यटन र फाइनान्स कम्पनी बढ्दा ११ वटा घटेका छन्। ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ। त्यस्तै, २ वटा स्थिर रहेको छ। बुधबार दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।

साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *