विद्युतीय एम्बुलेन्स र शव वाहनमा अब कर छुट

विद्युतीय एम्बुलेन्स र शव वाहनमा अब कर छुट

काठमाडौं, साउन २६ । सरकारले विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्वच्छ पूर्वाधार लगानी शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनलाई यस्तो छुट दिने निर्णय गरेको हो।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनमा अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लागू गरेको थियो। अब भने विद्युतीय एम्बुलेन्स र शव वाहनमा उक्त शुल्क तथा भ्याट दुवै लाग्ने छैन।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका हुन्। यो निर्णयले विद्युतीय एम्बुलेन्स तथा शव वाहन खरिदमा लाग्ने लागत घटाउने अपेक्षा गरिएको छ।

विद्युतीय एम्बुलेन्स र शव वाहनमा अब कर छुट
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *