डेम्बेलेले जिते २०२५ को बालोन डि’ओर अवार्ड

डेम्बेलेले जिते २०२५ को बालोन डि’ओर अवार्ड

७ असोज, काठमाडौं । फ्रान्सका फरवार्ड एवम् फ्रेन्च क्लब पीएसजीका फरवार्ड ओस्मान डेम्बेलेले बालोन डि’ओर २०२५ अवार्ड जितेका छन् ।

सोमबार राति भएको समारोहमा च्याम्पियन्स लिग विजेता समेत रहेका डेम्बेलेले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जितेका हुन् ।

पहिलोपटक बालोन डि’ओर जितेका डेम्बेलेले पीएसजीबाट सन् २०२४-२५ को च्याम्पियन्स लिग जित्नुका साथै लिगमा पनि ३७ गोल र १५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

महिलातर्फको बालोन डि’ओरको अवार्ड भने लगातार तेस्रोपटक स्पेनकी एइताना बोनमतीले जितेकी छन् ।

उनी स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै आएकी फरवार्ड हुन् ।

डेम्बेलेले जिते २०२५ को बालोन डि’ओर अवार्ड
डेम्बेलेले जिते २०२५ को बालोन डि’ओर अवार्ड

यस्तै स्पेन राष्ट्रिय टोली तथा स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी लामियन यमालले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।

महिलातर्फको उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनकै भिकी लोपेजले जितिन् ।

च्याम्पियन्स लिग विजेता पीएसजी वर्ष उत्कृष्ट पुरुष टोली घोषित हुँदा पीएसजीकै प्रशिक्षक लुइस एनरिके उत्कृष्ट प्रशिक्षक हुन।

तथा पीएसजीबाटै च्याम्पियन्स लिग जितेका जियानलुजी डोनारुमा उत्कृष्ट गोलरक्षक घोषित भए ।

महिलातर्फको वर्ष उत्कृष्ट टोलीको अवार्ड आर्सनलले प्राप्त गर्‍यो ।

त्यस्तै उत्कृष्ट स्ट्राइकरको अवार्ड स्वीडेनका भिक्टोर ग्योकेरेसले जिते । महिलातर्फ उत्कृष्ट स्ट्राइकरको अवार्ड पोल्यान्डकी इवा पाजोरले जितिन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *