सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सुरुङ्गा : सप्तरीको सुरुङ्गा नगरपालिकामा पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ।

नगरपालिकाको वडा नम्बर २ स्थित हर्दिया घर भएकी दुई जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो।

सोही ठाउँका अरविन्द चौधरीको पोखरीमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी तथा ८ वर्षीया छोरी प्रियान्सु चौधरी सोमबार साँझ पोखरीमा नुहाउन गएका थिए।

तीनै जना पोखरीमा नुहाउने क्रममा सुस्तिका चौधरी र आश्की चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

डुबेको घटनाबारे प्रियान्सुले जानकारी गराएपछि स्थानीयले खोजीकार्य गरी दुबै बालिकालाई पोखरीबाट निकालेको उनले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *