बागमतीका मेयर थापा भ्रष्टाचारमा दोषी, ८ वर्ष कैद र १० करोड जरिवाना

बागमतीका मेयर थापा भ्रष्टाचारमा दोषी, ८ वर्ष कैद र १० करोड जरिवाना

सर्लाही : सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा विशेष अदालत, काठमाडौंबाट ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको सजाय पाएका छन्। अदालतले नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै यो फैसला सुनाएको हो।

यो मुद्दामा मेयर थापासँगै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र कर्मचारी सागर पौडेल समेत दोषी ठहरिएका छन्। उनीहरू तीनै जनामाथि साउन २१ गते अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरेको थियो।

अदालतको निर्णयअनुसार, भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थ उत्खनन गरी हिनामिना गरिएको प्रमाण भेटिएको छ। यसै आधारमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो

सजायको निर्णय बिहीबार सुनाइँदा तीनै जनालाई ८ वर्ष कैदको सजाय तोकिएको छ। साथै, पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति बुझाउन आदेश दिइएको छ।

यो फैसलाले स्थानीय तहमा हुने ठूला परियोजनामा देखिने अनियमितता र दण्डहीनताको अन्त्यमा सन्देश दिने अपेक्षा गरिएको छ। अदालतको निर्णयसँगै यो मुद्दा देशव्यापी चासोको विषय बनेको छ।

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *