प्रधानमन्त्री ओली : युवा विकासका लागि सरकार प्रतिबद्ध

प्रधानमन्त्री ओली : युवा विकासका लागि सरकार प्रतिबद्ध

काठमाडौँ, फागुन १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरूको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्। सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसीसी) को विसं १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरूलाई अनुशासित, देशभक्त र जिम्मेवार नागरिक बन्न प्रेरित गरे।

प्रधानमन्त्री ओलीले “जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” भन्ने मन्त्र आत्मसात् गर्दै नेपालको झण्डाप्रति सधैं सम्मान गर्ने, स्वच्छ प्रतिस्पर्धा गर्ने र राष्ट्र निर्माणमा समर्पित हुने युवाहरूको आवश्यकता रहेको बताए। उनले राष्ट्रलाई आवश्यक परेमा एनसीसी प्रशिक्षित युवाहरूले महत्वपूर्ण नेतृत्वदायी भूमिका निभाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो। साथै, भारत र माल्दिभ्सका एनसीसी तथा भुटान स्काउटका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *