काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद २०२५ को आज औपचारिक शुभारम्भ गरेका छन्। यो कार्यक्रम अन्तर्राष्ट्रिय हिमनदी वर्ष २०२५ को अवसरमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरिएको थियो।
नेपाल सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यबारे विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो। प्रधानमन्त्री ओलीले नेपालले जलवायु न्यायको सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायमा सशक्त आवाज उठाउँदै आएको र यो कार्यक्रम त्यही प्रयासको हिस्सा रहेको बताएका छन्।
यस महत्त्वपूर्ण संवाद कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरु, विशिष्ट अधिकारी, तथा नेपालस्थित कूटनीतिक निकायका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति थियो।