पहिरोमा बझाङ र जाजरकोटमा ७ जनाको मृत्यु

पहिरोमा बझाङ र जाजरकोटमा ७ जनाको मृत्यु

काठमाण्डौः बझाङ र जाजरकोटमा आइतबार राति आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ।बझाङमा ४ र जाजरकोटमा ३ जनाको मृत्यु भएको हो।

बझाङको बुंगल नगरपालिका–१० टुमेडाका उज्जल धामीको घरमा सोमबार बिहान पूजाको तयारी थियो। आइतबार पुरोहितसहित आफन्त त्यहीं जम्मा भएर सुतेका थिए।

तर मध्यराति आएको पहिरोमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा उज्जलकी आमा, श्रीमती र दुई छोरी छन्।६ जनाको उद्धार गरिएको छ

गत वर्ष खनिएको टुमेडा–बाँटीखोला सडकबाट बगेको भलका कारण पहिरो खस्दा ढुंगामाटोले बनाएको दुईतले घर पुरिएको हो। ‘राति ११ बजेदेखि मुसलधारे पानी पर्‍यो।

करिब एक सय मिटरमाथि पोहोर काटेको सडकको पानी पनि एकत्रित भएर त्यही घरतर्फ सोझिएपछि भिरालो जमिन भासिएर घरमा पर्‍यो,’ स्थानीय शिक्षक भरत महरले भने।

घरको माथिल्लो तलामा उज्जलका ६० वर्षीय बुवा बिरा धामी, आमा ५८ वर्षीया काली, छोरा रोशन, जेठी छोरी आकृति र पुरोहित अम्बादत्त जोशी सुतेका थिए।

भुइँ तलामा उज्जल र उनकी श्रीमती गोल्की, भाइबुहारी शान्ति, छोरी लक्ष्मी र बहिनी कमला सुतेका थिए। पहिरो खसेको थाहा पाउनेबित्तिकै उज्जल त्यहाँबाट उम्किएर गाउँलेलाई खबर गर्न निस्के।

पहिरोमा बझाङ र जाजरकोटमा ७ जनाको मृत्यु
पहिरोमा बझाङ र जाजरकोटमा ७ जनाको मृत्यु

त्यतिञ्जेल परिवारका सदस्य पहिरोमा परिसकेका थिए।जाजरकोटमा पनि नलगाड नगरपालिका–२ माझगाउँका ४२ वर्षीय लालबहादुर परियारको परिवार पहिरो मा परेको छ।

परियारको २ तले कच्ची घर गत कात्तिक १७ को भूकम्पका कारण भत्किएको थियो। त्यसपछि उनको ३ जनाको परिवार झन्डै ४ महिना त्रिपालमा बसेर चैत पहिलो साता अस्थायी टहरामा सरेको थियो।

गाउँभन्दा केही पर टहरा बनाएको उनको परिवार आइतबार रातिको पहिरोमा भने बच्न सकेन। अविरल वर्षाका कारण गएको पहिरो ले अस्थायी टहरा भत्किँदा लालबहादुरसहित पत्नी ३४ वर्षीया मनिषा परियार र २ वर्षका छोराको मृत्यु भएको छ।Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *