काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको खोपासी–च्याम्राङबेंसी सडक खण्ड अन्तर्गत पार्थलीमा आज दिउँसो सुक्खा पहिरोले करिब ५० मिटर सडक पुरिएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।
बेथानचोक गाउँपालिका–४ स्थित पार्थली भञ्ज्याङ नजिकको उक्त सडकखण्डमा ढुङ्गासहितको पहिरो जाँदा काभ्रेपलाञ्चोक, ललितपुर, र मकवानपुर जिल्लाका स्थानीय बासिन्दालाई यात्रा गर्न समस्या भएको छ।
सडक सञ्चालन गर्नका लागि प्रहरी, स्थानीय जनप्रतिनिधि, र अन्य सम्बद्ध पक्षहरूले पहिरो पन्छाउन प्रयास गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले उपकरणको सहयोगमा पहिरो हटाउने काम सुरु भएको जानकारी दिएका छन्।Source link