नेपालमा भूकम्पको धक्का, नागरिक त्रसित हुँदै सडकमा
आज बिहान नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। केन्द्रविन्दु र क्षतिको विवरण आउन बाँकी छ।
आज बिहान नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। केन्द्रविन्दु र क्षतिको विवरण आउन बाँकी छ।
बझाङ र जाजरकोटमा आइतबार राति आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ। बझाङको टुमेडा गाउँमा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने जाजरकोटमा लालबहादुर परियारको परिवार पहिरोमा परेर ज्यान गुमाएको छ।
काठमाडौंमा जल तथा मौसम विज्ञान विभागले एक दर्जनभन्दा बढी मौसमजन्य विपदका घटनाको पूर्वसूचना एसएमएसमार्फत् प्रवाह गर्ने तयारी गरेको छ। यसअघि केवल बाढीको पूर्वसूचना दिइने गरिन्थ्यो, तर अब विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरूको पूर्वसूचना निःशुल्क प्रदान गर्ने योजना छ। नेपाल टेलिकम र एनसेलसँग छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।
जाजरकोटमा पुनः ५.८ रेक्टर स्केलको भूकम्प गएको छ। रामिडाँडा केन्द्रबिन्दु भएर अपराह्न ४:३४ मा गएको भूकम्पको क्षतिको विवरण आउन बाँकी छ। केही दिनअघि मात्रै सोही क्षेत्रमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो।