रौतहटमा नक्कली नेपाली हजारको नोटसहित दुईजना पक्राउ

रौतहटमा नक्कली नेपाली हजारको नोटसहित दुईजना पक्राउ

काठमाण्डौ : रौतहटमा नक्कली नेपाली हजारको नोटसहित दुईजना मानिस पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। पक्राउ परेकाहरुको साथबाट नेपाली १ हजारको १३ थान नक्कली नोट बरामद गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

रौतहटमा नक्कली नेपाली हजारको नोटसहित दुईजना पक्राउ
रौतहटमा नक्कली नेपाली हजारको नोटसहित दुईजना पक्राउ

रौतहटमा नक्कली नेपाली हजारको नोटको ओसार पसार भईरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट गएको टोलीले गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत बालचनपुर चौक स्थित राकुमार महतोको महावीर आयल स्टोर्स पेट्रोल पम्प अगाडिबाट बागमती प्रदेश ०२–०२१ प ६३६८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई गएराती पक्राउ गरेको थियो।

खान तलासीको क्रममा ईमामुल हक दर्जीले मोटरसाईकलको सीट कौभर मुनी लुकाइराखेको उक्त नक्कली नोट प्रहरीले बरामद गरेको थियो। आरोपी दुवैजना ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको नियन्त्रणमा रहेको तथा नक्कली नोट बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *