सबै महानगरको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक
मलुकका सबै ६ महानगरपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन्। काठमाडौंले सबैभन्दा ठूलो बजेट २५ अर्ब ७० करोड ६३ लाख प्रस्तुत गरेको छ भने वीरगञ्जले सबैभन्दा सानो बजेट २ अर्ब ८९ करोड ल्याएको छ। बजेटमा सार्वजनिक सेवा, सहरी पूर्वाधार, र रोजगार सिर्जनामा जोड दिइएको छ।


