रौतहट। चपुरमा भारतिय स्कार्पियो दुर्घटना भएको छ।भरत ताल घुमेर फर्किँदै गर्दा दुर्घटना भएको हो ।चन्द्रपुर रौतहट ।नगरपालिकामा भारतीय नम्बर प्लेटको स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गको धन्सार पुल नजिक शुक्रबार भएको हो।
चपुरमा भारतिय स्कार्पियो दुर्घटना को कारण
सर्लाहीको बाग्मती नगरपालिकाबाट बाराको पिलुवा जाँदै गरेको बिआरजिरो ५ एटी ५९६३ नम्बरको स्कार्पियो जिपको पछाडि बायाँ साइडको चक्का पड्किएपछि जिप अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो। जिप खयरको रुखमा ठोक्किएर दुर्घटना भएको हो।
चपुरमा भारतिय स्कार्पियो दुर्घटनाका मृतक र घाइते
मृतक
- भारत बिहार पुर्वी चम्पारण ग्राम पञ्चायत झिट्काही –४ का ३५ वर्षीय तमन्ना शेख।
- २१ वर्षीय ईर्फान आलम, जसको वीरगंजस्थित मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
घाइते
- चालक २२ वर्षीय सोहेल अमिर।
- आशिष रेजा (ढाड, कम्मर, र टाउकोमा चोट)।
- उल्लाह शेख (टाउकोमा चोट)।
- सद्धाम हुसेन (दुबै हात, खुट्टा र ढाडमा चोट, अवस्था मध्यम)।
प्रहरीको प्रतिक्रिया
दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौलाको टोली घटनास्थल पुगेको थियो। घाइतेहरूको उपचार बारास्थित निजगढ सामुदायिक अस्पताल र वीरगंजमा भइरहेको छ।


