बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी , ध्वस्त भयो जलेर

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी , ध्वस्त भयो जलेर

बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्स बिहीबार साँझ करिब साढे ६ बजे लागेको आगलागीबाट पूर्णरुपमा क्षति भएको छ।

आगलागीको कारण र अनुमानित क्षति

प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरेको छ। यद्यपि, क्षतिको पूर्ण विवरण आउन समय लाग्ने बताइएको छ।

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगो नियन्त्रणको प्रयास

१२ वटा दमकलले ५ घन्टापछि आगो नियन्त्रणमा लिए पनि कम्प्लेक्सका सबै तलामा रहेका सामान जलेर नष्ट भएका छन्। बुटवल उपमहानगरका २, आयल निगमका २, गौतमबुद्ध विमानस्थलको १, रामग्राम, सुनवल, सैनामैना, वाणगंगा, लुसा, गाउँपालिकाको संयुक्त गरी १२ दमकल परिचालित गरिएको थियो।

जोखिममा परेका क्षेत्रहरू

आगलागीका कारण बुटवलको मिलन चोकका २ पेट्रोल पम्प सहित दर्जनौ मानव बस्ती जोखिममा परेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *