इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाण्डूमा करिब एक दर्जन व्यक्ति डेङ्गीबाट सङ्क्रमित भएका छन्। यो विवरण राजधानीका केही अस्पतालहरूबाट मात्र सङ्कलित भएकोले वास्तविक सङ्ख्या बढी हुनसक्ने अनुमान गरिएको छ। काठमाडौंमा डेङ्गी सङ्क्रमण बढ्यो ,कसरी बच्ने र बचाउने डेङ्गीबाट ? उपाय जान्नुस !!
जलवायु परिवर्तनले काठमाडौंमा डेङ्गी सङ्क्रमण बढ्यो
उष्ण क्षेत्रमा देखिने डेङ्गी रोग जलवायु परिवर्तनका कारण बढ्दो तापमानसँगै काठमाण्डू उपत्यका र पहाडी भूभागसहित ४५ भन्दा बढी जिल्लामा देखा परेको छ।
धरानमा डेङ्गीको प्रकोप
धरानमा केही हप्ताअघि फैलिएको डेङ्गीको प्रकोपलाई नियन्त्रण गर्न नसकिएको र प्रदेश नं १ सरकारले जनचेतना अभिवृद्धि र दण्ड जरिवानाको प्रावधानबारे छलफल गरिरहेको छ।
डेङ्गीको फैलावट र रोकथामका प्रयासहरू
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगसम्बन्धी घटनाहरू विश्वव्यापी रूपमै बढ्दो क्रममा छ।
विश्व स्वास्थ्य सङ्गठनले डेङ्गीलाई जनस्वास्थ्यको एउटा प्रमुख चुनौती मानेको छ। यसको सङ्क्रमण ३० गुणाले बढिरहेको सो सङ्गठनले जनाएको छ।
काठमाण्डू उपत्यका तथा अन्य स्थानमा डेङ्गी सार्ने लामखुट्टेका दुवै प्रजाति भेटिएको डेङ्गीबारे अनुसन्धान गरेकी सूक्ष्मजीवविज्ञान विभागकी उपप्राध्यापक रेश्मा तुलाधर बताउँछिन्।

डेङ्गी परीक्षणको सुविधा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रमुख सरकारी अस्पताल, जिल्ला अस्पताल, र केही स्वास्थ्य चौकीमा डेङ्गी परीक्षणको सुविधा दिइएको छ। निजी अस्पतालहरूले पनि परीक्षण गरिरहेका छन् तर सङ्क्रमितहरूको विवरण सरकारलाई उपलब्ध गराउने प्रचलन कम छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जय कुमार ठाकुरका अनुसार देशभरिका प्रमुख सरकारी अस्पताल, जिल्ला अस्पतालमा डेङ्गी परीक्षण गर्ने सुविधा छ।

के घरमै परीक्षण गर्न सकिन्छ?
किटको सहायताले परीक्षण गरिए पनि यसको परीक्षण कोभिडको जस्तो घरमै गर्न नमिल्ने रोग नियन्त्रण महाशाखाका प्रमुख चुमन लाल दासले बताए।
“डेङ्गी भए नभएको थाहा पाउन एन्टीजन र एन्टीबडी विधिका तीन किसिमका परीक्षण गर्न सकिन्छ। तर रीयाक्टर ल्याबमा मात्र उपलब्ध हुने भएकाले परीक्षणका लागि अस्पताल नै जानुपर्ने हुन्छ,” ठाकुरले भने।

डेङ्गीका लक्षण
उच्च ज्वरो, हाडका जोर्नी र मांसपेसी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, आँखा दुख्ने, र हड्डी दुख्ने लक्षणहरू डेङ्गीका हुन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन लक्षण देखिनेबित्तिकै यसको परीक्षण गराउनु पर्छ ।
रगतमा प्लेटलेट्सको मात्रा जाँच गराउनुपर्ने साथै प्लेटलेट्सको मात्रा अत्यधिक घटेको अवस्थामा डेङ्गी सङ्क्रमितलाई अस्पताल भर्ना हुन चिकित्सकहरूले सल्लाह दिएका छन्।
डेङ्गीबाट बच्ने उपाय
- लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
- खुला स्थानमा पानी जम्मा नगर्ने
- पानी छोपेर राख्ने
- शरीरको अधिकांश अङ्ग ढाक्ने लुगा लगाउने
- दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने
- लामखुट्टेको टोकाइबाट बचाउने मलमहरू प्रयोग गर्ने
डेङ्गीको जोखिममा को-को?
विज्ञहरूका अनुसार डेङ्गीबाट ज्यानै जाने सम्भावना भने कम हुन्छ। तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्छ । बालबालिका र वृद्धवृद्धाहरू, जसको प्रतिरोधात्मक क्षमता कम हुन्छ, तिनीहरूले विशेष ध्यान दिनुपर्छ।
डेङ्गी फैलिन नदिन गर्ने उपाय
स्वास्थ्य मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने तथा केही दिन बिराएर सरसफाइ गर्नी बताएका छ्न ।
घरवरपर फालिएका टायर तथा ट्यूबहरू, घरकै छतमा नछोपी राखिएका पानीट्याङ्कीमा पनि लामखुट्टेले फुल पार्ने ठाउँ हुनसक्ने ठाकुरले बताए।
“एउटै लामखुट्टे ३०० देखि ४०० मिटर परसम्म जान सक्छ र उसले एक महिनाको आफ्नो आयुमा ८०० वटासम्म फुल पार्छ। एक पटकमा एक ठाउँमा १०० देखि १५० मात्र पार्छ,” उनले भने।
डेङ्गी सार्ने एडीज जातको लामखुट्टे बिहान सूर्योदयको केहीपछि र साँझ सूर्योदयको समयमा अरू समयभन्दा थप सक्रिय हुने विज्ञहरू बताउँछन्।



