मेयर बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्की ढोलीको प्रश्न ?

मेयर बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्की ढोलीको प्रश्न ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्की ढोलीले गम्भीर प्रश्न उठाएकी छिन्। उनले मेयर साहलाई सोधिन्, “तपाईंले सिंहदरबार जलाउँछु भन्दै गर्दा महानगरपालिकाले दिएको जुन दरबार छ, त्यो दरबार जलाए भने त्यसको अवस्था के हुन सक्छ?” ढोलीले महानगरवासीले तिरेको राजस्वबाट बनेको दरबार भएको बताउँदै, मेयर साहको सामाजिक सञ्जालमा लेखेको स्टाटसको खण्डन गरिन्।

नीति तथा कार्यक्रममाथि छलफल

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ढोलीले महानगरको दरबारमा रजगज गर्दै गर्दा कार्यपालिकामा छलफल नै नगरी नीति तथा कार्यक्रम प्रस्तुत भएको बताइन्।

उनले अरूको अधिकार हनन भएको उल्लेख गर्दै, पर्याप्त छलफल नगरी बलजफ्ती नगरसभामा नीति तथा कार्यक्रम ल्याएको भन्दै तीन जना वडाध्यक्षले ल्याएको साझा संशोधन प्रस्तावमा सहमति जनाइन् । बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्कीले प्रश्न गरेकि छिन ?

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *