स्नेहा लामिछाने घटनाको सामाजिक संजालमा भाइरल भएको अर्को अल्झिएको पाटो

काठमाडौं : उनि इन्जिनियरिङ अध्यायनरत छात्रा । परिक्षा दिएकोमा उनलाई केही विषयमा असफल हुन पुगेको थिइन् । यो आफैमा आफ्नो लागि ‘स्ट्रेस’ को कुरा थियो । तर परिवार र समाजले पनि हामीलाई असफल हुने छुट दिँदैन । यसैले उनमा प्रेसर थियो । पढाइको प्रेसर, परिवारको प्रेसर, साथीभाइको प्रेसर ।

यसले हाम्रो शिक्षा प्रणालीको कमजोरी पनि देखाएको छ । ए प्लसको होडबाजी, किताबको भारी र पढाइको प्रेसरले हाम्रा बच्चाहरु शारीरिक र मानसिक रूपमा थाकेका छन् । हाम्रो शिक्षा देखावटी बन्दै गएको छ । हाम्रो बच्चाहरुले रमाइलो गर्न बिर्सेका छन् । न पढाईमा रमाइलो, न खेलमा रमाइलो । बेस्वादको जिन्दगी महसुस गर्दैछन् । बच्चाहरुले आनन्द लिने र खुशीले शिक्षाको सागरबाट मोती टिप्ने अवसर नै पाएनन् । यहाँ हराएको स्नेहा थिइनन, हाम्रो शिक्षा प्रणाली थियो । हराएको स्नेहा थिइनन, हाम्रो संस्कार थियो । हराएको स्नेहा थिइनन, हाम्रो अभिभावकत्व थियो । हराएको स्नेहा थिइनन, अभिभावकत्व थियो । हराएको स्नेहा थिइनन, राज्य थियो ।

समय यसरी परिवर्तन भईदियो कि सानोमा पढाइको नोट बनाउने प्रेसर, ठुलो भएपछि नोट कमाउने प्रेसर । कुन दिन टाउकोमा सिट्टी लाग्छ थाहा छैन ।

(राजीव खत्रीको स्टाटसमा आधारित)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *