अमेरिका पुर्याउने आशा दिदै १० जना नेपालीलाइ केन्यामा बन्धक बनाएर राख्ने तीन जाना प्रकाउ

अमेरिका पुर्याउने आशा दिदै १० जना नेपालीलाइ केन्यामा बन्धक बनाएर राख्ने तीन जाना प्रकाउ

काठमाडौं । अमेरिका पुर्याउने भन्दै १० जना नेपालीलाई केन्यामा ९ महिनासम्म बन्धक बनाएर राख्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली- १ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका- १ की १९ वर्षीया नीमा शेर्पा रहेका छन् ।

बन्धक बनेका १० जना नेपाल फिर्ता भएपछि उनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले जानकारी दिए । अवैध बाटोबाट अमेरिका हिँडेका १० जना नेपालीलाई अमेरिका पुर्याउने भन्दै गिरोहले उनीहरुबाट पटक-पटक गरी ५ करोड ५० लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।

पीडितबाट जनही ५ लाख ५० हजार रुपैयाँ उठाएर उनीहरुलाई केन्यासम्म पुर्‍याइ बन्धक बनाइएको एसएसपी भट्टराईले जानकारी दिए । अनुसन्धानका क्रममा सो गिरोहले अझै पनि १५ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्‍याउन भनी केन्या लगायतका विभिन्न देशमा बन्धक बनाएर राखेको र उनीहरुबाट करीब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *