काठमाडौंमा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सुरु गरिदै, अनिवार्य लगाउन आग्रह

काठमाडौंमा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सुरु गरिदै, अनिवार्य लगाउन आग्रह

काठमाण्डू, काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ ।
काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो ।
जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले शनिबारसम्म खोप दिनेछ ।
निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले जनाएको छ । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
काठमाडौंको पानीमा पोलियोको परिवर्तित भाइरस -भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३ देखिएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *