काठमाडौं । नेपाल सरकारले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित बालबालिकाका लागि छात्रवृत्ति यो जना घोषणा गरेको छ।
बाढीबाट प्रभावित बालबालिकाको शिक्षामा अवरोध नहोस् भन्ने उद्देश्यले सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति यो जना’ घोषणा गरेको हो।
भोटेकोसीमा आएको बाढीको कारण प्रभावित परिवारका बालबालिकाको पढाइमा समस्या पर्न सक्ने अवस्थालाई ध्यान दिँदै र शिक्षालाई निरन्तरता दिन छात्रवृत्तिको यो जना ल्याइएको जानकारि दिएको छ।
बाढी तथा प्राकृतिक विपत्तिका कारण परिवारको आर्थिक अवस्था प्रभावित भएको र त्यसको प्रत्यक्ष असर बालबालिकाको शिक्षामा पर्न सक्ने भएकाले छात्रवृत्ति यो जना महत्वपूर्ण मानिएको छ।
‘सुनिश्चित भविष्य छात्रवृत्ति यो जना’ मार्फत प्रभावित बालबालिकालाई अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साथै,विपद्का कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन सरकारको प्रयास रहने देखिएको छ।
भोटेकोसी बाढीले रसुवा क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका विभिन्न प्रयास भइरहेका छन्।
यसै क्रममा सरकारले बालबालिकाको शिक्षालाई प्राथमिकतामा राख्दै छात्रवृत्ति यो जना अघि सारेको हो।
शिक्षा बालबालिकाको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले विपद्को समयमा पनि उनीहरूको पढाइ निरन्तर राख्न सहयोग आवश्यक हुन्छ।
सरकारले घोषणा गरेको छात्रवृत्ति योजनाले प्रभावित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, बाढीका कारण विद्यालय जाने वातावरण प्रभावित भएका बालबालिकालाई शिक्षाको मूलधारमा कायम राख्न योजना उपयोगी हुने अपेक्षा गरिएको छ।
प्रभावित बालबालिकाको भविष्य सुरक्षित गर्न सरकारको यो पहल महत्वपूर्ण हुने देखिन्छ।




