लालबन्दी : राैतहट छुरा प्रहार गरि एक युवकको हत्या भएको छ।
गाैर नगरपालिकाकाे वडा नम्बर ५ गाैरी शंकर क्याम्पस क्षेत्रमा बुधबार अन्दाजी १८ वर्षीय एक युवकलाई छुरा प्रहार गरी हत्या गरिएको हो ।
प्रहरीले छुरा प्रहार गरेकाे आराेपमा गाैर वडा नम्बर ३ का सनाेज रामलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जानकारी दिएको छ ।
मृत्यु भएका युवकको हालसम्म पहिचान खुल्न नसकेकाे र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


