राम कार्कीको नयाँ प्रस्ताव: प्रचण्ड पदमा, कार्यकारी नेतृत्व ‘रोटेशन’मा

राम कार्कीको नयाँ प्रस्ताव: प्रचण्ड पदमा, कार्यकारी नेतृत्व ‘रोटेशन’मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले पार्टीको नेतृत्व हस्तान्तरणबारे नयाँ सोच प्रस्तुत गरेका छन्। शनिबार बसेको स्थायी कमिटी बैठकमा उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को भूमिकालाई सम्मानित राख्दै कार्यकारी अधिकारसहितको रोटेशन प्रणालीमार्फत पार्टी सञ्चालनको प्रस्ताव गरेका हुन्

कार्कीले विश्वभरका कम्युनिस्ट पार्टीहरूमा नेतृत्व हस्तान्तरण जटिल विषय बनिरहेको उल्लेख गर्दै लेनिन र माओको उदाहरण पनि त्यस्तो सफल नभएको बताए। उनले भने, “मेरो सुझाव छ, अध्यक्ष स्वस्थ रहँदै एक निश्चित तिथिबाट नेतृत्व विकास गर्ने कार्य थालौं।”

कार्कीको प्रस्ताव अनुसार प्रचण्ड अध्यक्ष पदमै रहनेछन्, तर कार्यकारी अधिकार एक निश्चित अवधिका लागि अन्य योग्य व्यक्तिलाई दिने व्यवस्था गरिनेछ। “यदि रोटेशनमा आएका नेताले पार्टी कुशल रूपमा चलाउन सकेनन् भने अध्यक्षले पुनः हस्तक्षेप गर्न सक्नुहुन्छ,” कार्कीले भने।

यस प्रस्तावले पार्टीभित्रको नेतृत्व हस्तान्तरणको बहसलाई नयाँ मोड दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *