राम कार्कीको नयाँ प्रस्ताव: प्रचण्ड पदमा, कार्यकारी नेतृत्व ‘रोटेशन’मा
माओवादी केन्द्रका सचिव राम कार्कीले अध्यक्ष प्रचण्डको सम्मानित भूमिकालाई कायम राख्दै पार्टी सञ्चालनको कार्यकारी नेतृत्वलाई ‘रोटेशन’ प्रणालीबाट अघि बढाउने प्रस्ताव गरेका छन्। उनले स्थायी समिति बैठकमा लेनिन र माओको उदाहरण दिँदै समयमै नेतृत्व हस्तान्तरणका लागि नयाँ विकल्पको आवश्यकता औंल्याएका हुन्।


