इन्फिनिक्सले नेपाली बजारमा HOT 60i सार्वजनिक, मूल्य १४,९९९ देखि सुरु

इन्फिनिक्सले नेपाली बजारमा HOT 60i सार्वजनिक, मूल्य १४,९९९ देखि सुरु

काठमाडौं । इन्फिनिक्स नेपालले ‘HOT 60i’ नामक नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। ‘The BABAAAL Phone’ भन्ने नारासहित आएको यो फोन स्टाइलिश डिजाइन, नयाँ फिचरहरू, र पहुंचयोग्य मूल्यका कारण चर्चामा आएको छ।

HOT 60i को सुरुवाती मूल्य रु. १४,९९९ तोकिएको छ। दुई भेरियन्टमा उपलब्ध यस फोनमा 4GB RAM + 128GB स्टोरेज र 6GB RAM + 128GB स्टोरेज राखिएको छ, जसको मूल्य क्रमशः रु. १४,९९९ र रु. १५,९९९ रहेको छ।

फोनमा Helio G81 चिपसेट, 5160mAh ब्याट्री, 45W फास्ट चार्जिङ, ट्रिपल क्यामेरा, र 7.7mm स्लिम बडी जस्ता आधुनिक फिचरहरू छन्, जसले युवा लक्षित स्मार्टफोनको रूपमा यसलाई स्थापित गरेको छ। कम्पनीका अनुसार, फोनको ब्याट्री ५ वर्षसम्म टिक्ने र प्रोसेसर ४८ महिनासम्म स्मूद पर्फर्मेन्स दिने क्षमता राख्दछ।

देशभरका सबै इन्फिनिक्स अधिकृत स्टोरहरूमा उपलब्ध HOT 60i खरिद गर्दा १८ महिनाको वारेन्टी र १०० दिनभित्र एकपल्ट निःशुल्क स्क्रिन परिवर्तन (पानी क्षति बाहेक) को सुविधा पनि प्रदान गरिएको छ।

यो फोन नेपाली प्रयोगकर्ताको energy र lifestyle सँग मेल खाने किसिमको स्टाइलिश र स्मार्ट डिभाइस भएको कम्पनीको दाबी छ।

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *