नेपाली परिकारमार्फत विश्वमा नेपालको पहिचान बनाउनु पर्ने : मन्त्री पाण्डे

नेपाली परिकारमार्फत विश्वमा नेपालको पहिचान बनाउनु पर्ने : मन्त्री पाण्डे

 काठमाडौं , वैशाख ९ :  काठमाडौंमा शनिबार सुरु भएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको सम्मेलनलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली परिकारलाई विश्वसामु चिनाउने माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले नेपालको सांस्कृतिक र परिकार पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सके पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो। मन्त्री पाण्डेले नेपाली खानपान, रहनसहन, र परम्परागत परिकारलाई राष्ट्रियताको पहिचानसँग जोडेर प्रस्तुत गर्नु आवश्यक रहेको बताउँदै, यसले देशको समग्र छविमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले होटल तथा कृषि क्षेत्रमा आपसी समन्वय गरेर नेपाली परिकारको स्तर र मूल्य अभिवृद्धि गर्न सकिने बताउनुभयो। अर्गानिक उत्पादन र मौलिक बालीहरूसँग परिकारलाई जोड्न सके नेपालको खानपान संस्कृतिको विशेषता अझ स्पष्ट र प्रभावकारी रूपमा विश्वसामु प्रस्तुत गर्न सकिने मन्त्री पाण्डेको धारणा थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *