नेपाली परिकारमार्फत विश्वमा नेपालको पहिचान बनाउनु पर्ने : मन्त्री पाण्डे
मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली परिकारलाई राष्ट्रियताको पहिचानसँग जोड्दै विश्वसामु नेपालको चिनारी बनाउनुपर्ने र पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताएका छन्।
मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली परिकारलाई राष्ट्रियताको पहिचानसँग जोड्दै विश्वसामु नेपालको चिनारी बनाउनुपर्ने र पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताएका छन्।
बर्लिनमा आयोजित ‘वर्ल्ड टुरिजम् एण्ड एभिएसन समिट–२०२५’ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ द एयर) अवार्ड प्रदान गरिएको छ। यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याएका मन्त्रीहरूलाई दिइन्छ। मन्त्री पाण्डेले यस सम्मानलाई नेपालकै पर्यटन क्षेत्रको उपलब्धि भएको बताउँदै नवप्रवर्तन, दिगो विकास, र सामुदायिक सहभागितामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।