काठमाडौँ, फागुन १८ : सर्लाहीको लालबन्दी नगरपालिका–९ मा आज बिहान गाडीको ठक्करबाट एउटा निलगाई मरेको छ।
डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च. ३७४९ नम्बरको कारले निलगाईलाई ठक्कर दिँदा सो घटना भएको हो।
आज बिहान करिब ९ बजे भएको दुर्घटनापछि कार चालक फरार भएका छन्। मरेको निलगाई र दुर्घटनाग्रस्त कार डिभिजन वन कार्यालयमा राखिएको वन अधिकृत सागर बस्यालले जानकारी दिएका छन्।