२७ माघ,काठमाडाैं। रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–६ बित्तास्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा आइतबार बिहान बम फेला परेको छ।
नेपाली सेनाको ब्यारेज नजिकै जंगलको खोल्सामा भेटिएको बमबारे सूचना पाएपछि प्रहरी चौकी झुन्नेटा र चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थललाई सुरक्षित बनाइएको छ भने बम डिस्पोजल टोली पुगिसकेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त बम विगतको द्वन्द्वकालमा छोडिएको हुन सक्ने अनुमान गरिएको छ।