लहानमा डाकाहरूले बम पड्काएर गरे लुटपाट, २ जना गम्भीर घाइते

लहानमा डाकाहरूले बम पड्काएर गरे लुटपाट, २ जना गम्भीर घाइते

सिरहा : सिरहाको लहान नगरपालिका-१७ हरिपुर टोलमा गएराति ६ घरमा लुटपाट भएको छ। ११ बजे रातिदेखि डाकाहरूले बम पड्काएर लुटपाट गरेका छन्। बम पड्किँदा स्थानीयहरू घाइते भएका छन्।

स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ। डाकाहरूले नगद, गरहना लुटेका हुन्।

डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ। अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

डाकाबाट पीडित भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि लहान नगरपालिकाबाट एक/एक लाख रुपैयाँ उपलब्ध गराउने मेयर महेश चौधरीले जनाएका छन्। मेयर चौधरीले गाउँमै पुगेर घटनाबारे जानकारी लिएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

अन्नपूर्ण पोस्ट्बाट

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *