ढाकामा पुनः हिंसा, शेख मुजिबर रहमानको घरमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरे

ढाकामा पुनः हिंसा, शेख मुजिबर रहमानको घरमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरे

२४ माघ, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा बुधबार राति पुनः हिंसा मच्चिएको छ। आवामी लिगको विरोध प्रदर्शनअघि प्रदर्शनकारीहरूले बङ्गलादेशका संस्थापक शेख मुजिबर रहमानको घर तोडफोड गर्दै आगजनी गरेका हुन्।

प्रदर्शनकारिले शेख हसीनाका आफन्तका घरहरूमा पनि बुलडोजर लगाएर भत्काएका छन्। हिंसा भड्किँदा शेख हसिनाले इतिहास मेट्न नसकिने र समयले बदला लिने चेतावनी दिएकी छन्।

प्रदर्शनकारिले ‘शेख हसिनालाई फाँसी दे’ भन्ने नारा लगाउँदै शेख मुजिबर रहमानको घर र संग्रहालयमा डोजर लगाएर तोडफोड गरेका हुन। हिंसाका कारण सामाजिक सञ्जालमा ‘बुलडोजर जुलुस’ को चर्चा भइरहेको छ। बङ्गलादेश सरकारले भारतलाई हसीनालाई डिपोर्ट गर्न अनुरोध गरिसकेको छ।

तर, भारत सरकारले उनको भिसावधि बढाइसकेको छ, जसले उनी बङ्गलादेश डिपोर्ट नहुने संकेत गरेको छ।बङ्गलादेशको प्रमुख अखबार ‘द डेली स्टार’का अनुसार सोशल मिडियामा भाइरल पोस्टका आधारमा यो प्रदर्शन शेख हसिनाको ‘बङ्गलादेशविरोधी गतिविधि’ का कारण गरिएको बताइएको छ।विरोधीहरूले शेख हसिनाले भारतबाट बंगलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाउने गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *