काठमाडौंमा अविरल वर्षा:Floods Cause Catastrophe in the Capital

काठमाडौंमा अविरल वर्षा:Floods Cause Catastrophe in the Capital

काठमाडौं उपत्यकामा अविरल वर्षाको असरले (Floods Cause Catastrophe in the Capital) विभिन्न क्षेत्रमा बाढीको स्थिति सिर्जना गरेको छ। भक्तपुरको सल्लाघारी र जगाती क्षेत्रका बस्तीहरू बाढीको कारण डुबानमा परेका छन्। भक्तपुर जिल्लामा भने मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ।

बागमती नदीको खतरा

बागमती नदीमा आएको बाढीले ललितपुरको च्यासल, कालीमाटी, शंखमूल, सानेपा लगायतका क्षेत्र डुबानमा पारेको छ। बाढीले फुटबल मैदान, एमाले पार्टी कार्यालय, र प्रहरी पोस्ट्समेत प्रभावित भएका छन्। च्यासलस्थित पुलमाथि नै पानी बगेको थियो, जसले गर्दा यातायात अवरुद्ध भएको छ।

बल्खुमा मृत्यु, अन्य क्षेत्रमा डुबान

बल्खु खोलामा आएको बाढीले ४५ वर्षीय राम सरुप महतोको ज्यान गएको पुष्टि भएको छ। उनी बाँकेका स्थायी बासिन्दा हुन्। बल्खु तरकारी बजार, कुलेश्वर, बाफल, त्रिपुरेश्वर करिडोर, धोबीखोला करिडोर र कीर्तिपुरका क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *