भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा दोस्रो जित

भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा दोस्रो जित

काठमाण्डौः  भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न दोस्रो खेलमा भारतले डिएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो । श्रीलंकाले दिएको १६२ रनको लक्ष्य पछयाउने तयारी गरेको भारत बर्षाले खेल अवरुद्ध भएपछि भारतले ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य दिइएको थियो । सो लक्ष्य भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो यो जितपछि भारतले ३ खेलको सिरिज २-० ले एक खेल अघि नै जितेको छ ।

अब सिरिजको तेस्रो खेल मंगलबार हुने तालिका छ । हाल श्रीलंका टुरमा रहेको भारतले यस सिरिजपछि एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।

भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा  दोस्रो जित
भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा दोस्रो जित
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *