निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ

निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समिति बैठक

काठमाण्डौः निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समिति बैठक बोलाइएको छ।

संसदीय सुनुवाइ समितिका सचिव र संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक साउन १४ गते सोमबार बिहान साढे ११ बजे बस्ने जानकारी दिएका छन्। यो बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय लिनेछ।

प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप लागेको छ। पीडित महिलाले समितिमा आएर बयान दिएकी थिइन् र उजुरी पनि दिएकी थिइन्।

सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए। यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध भइरहेको बेला समितिले सोमबार निर्णय लिन लागेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *