देशभर १० जनामा हैजा पुष्टि,स्वास्थ्य विशेषज्ञले दिए सुझाव

देशभर १० जनामा हैजा पुष्टि, स्वास्थ्य विशेषज्ञले सचेत रहन सुझाव

स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म देशभर १० जनामा हैजा पुष्टि भएको जानकारी दिएको छ। ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको छ। हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र खानेपानीको शुद्धता महत्वपूर्ण रहेको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए। उनले इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको र ढलबाट मिसिएको हुनसक्ने जानकारी दिए।

हैजा ‘भिब्रियो कोलेरी’ जीवाणुबाट लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनले लाग्छ। व्यक्तिगत सरसफाइ, शुद्ध खानेपानी, र नियमित अनुगमनले हैजालाई नियन्त्रणमा राख्न सकिन्छ।

देशभर १० जनामा हैजा पुष्टि भए पछी डा. पुनका अनुसार, हैजाका मुख्य लक्षणहरूमा पातलो दिसा, वाकवाकी, बान्ता, र कडा जलवियोजन हुन्छ। संक्रमितले केही घण्टामै मृत्यु पनि हुनसक्छ। सुरक्षित पानी, व्यक्तिगत सरसफाइ, र अनुगमनले हैजाबाट बच्न सकिन्छ। विज्ञहरूको सुझाव अनुसार, उमालेको वा क्लोरिन झोल हालेर शुद्ध गरिएको पानी पिउनु, खाना पकाउनु अघि र खाएपछि, शौचालयको प्रयोगपछि साबुन पानीले हात धुनु आवश्यक छ।

देशभर १० जनामा हैजा पुष्टि,स्वास्थ्य विशेषज्ञले दिए सुझाव
देशभर १० जनामा हैजा पुष्टि,स्वास्थ्य विशेषज्ञले दिए सुझाव
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *