मकवानपुर इभी दुर्घटना : चार जनाको घटना स्थलमै मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सुकौरा सडक खण्डमा इभी दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सुकौरा सडक खण्डमा इभी दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।
धादिङको सिद्धलेक गाउँपालिका– २ नलाङ स्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनामा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोकबहादुर गुरुङको ज्यान गएको छ भने चालक ५५ वर्षीय जीवन श्रेष्ठको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
मंगलबार बिहान ललितपुरको सानेपामा भएको मोटरसाइकल दुर्घटनामा २४ वर्षीय विजय घिसिङको मृत्यु भएको छ भने ३७ वर्षीय सञ्जय कुमार घिसिङ गम्भीर घाइते भएका छन्। दुर्घटना चक्रपथमा स्टार अस्पताल अगाडि भएको थियो। घाइते सञ्जयको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ।
ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गर्छौँ : मन्त्री बस्नेत