धादिङमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

धादिङमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

धादिङमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छन भने एक जना घाइते भएका छन। धादिङको सिद्धलेक गाउँपालिका– २ नलाङ स्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

टाटा सुमो दुर्घटना : दुर्घटनाको विवरण

धादिङको नलाङ पात्लेबाट खिर्रेतर्फ जाँदै गरेको ज.१ज ४४४ नम्बरको टाटा सुमो सडकबाट करिब तीन सय मिटर तल खस्दा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोकबहादुर गुरुङको ज्यान गएको नलाङ पात्ले माध्यमिक विद्यालयका शिक्षक अमृत गुरुङले जानकारी दिए ।

उद्धार र उपचार

शिक्षक गुरुङका अनुसार घटनास्थलबाट उद्धार गरी धादिङ अस्पताल ल्याइएका लोकबहादुरलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरे । धादिङमा टाटा सुमो दुर्घटना परी घाइते भएका चालक ५५ वर्षीय जीवन श्रेष्ठको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Points:

  1. टाटा सुमोको दुर्घटना धादिङमा भएको छ, जसमा एकजनाको मृत्यु र एकजना घाइते भएका छन्।
  2. सिद्धलेक गाउँपालिका– २ नलाङ स्थित खिर्रेमा टाटा सुमो दुर्घटना भएको हो।
  3. ज.१ज ४४४ नम्बरको टाटा सुमो सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।
  4. टाटा सुमो दुर्घटनामा ५२ वर्षीय लोकबहादुर गुरुङको ज्यान गएको छ।
  5. घटनास्थलबाट उद्धार गरी धादिङ अस्पतालमा ल्याइएका लोकबहादुरलाई मृत घोषणा गरियो।
  6. टाटा सुमो दुर्घटनामा घाइते भएका चालक जीवन श्रेष्ठको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *